२७ आश्विन २०८२, सोमबार | October 13, 2025

जेनजी समुहले लियो भोटेकोशीको जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर


October 13, 2025
83
Shares

काठमाडौं,२७ असोज। जेनजी समुहले भोटेकोशीको १० प्रतिशत शेयर लिएको छ ।

जेनजी आन्दोलनको नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर लिएको हो ।

भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज बन्द गराएको थियो ।

एक महिनादेखि बन्द कामकाज आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया