को बन्ला ३३औं आइजीपी ?

काठमाडौं, २६ असोज । नेपाल प्रहरीमा भावी आइजीपीका लागि प्रतिष्पर्धा सुरु भइसकेको छ । वर्तमान आइजीपी चन्द्रकुबेर खापुङको कार्यकाल कात्तिकमा सकिने भएकाले प्रतिष्पर्धा बढेको हो । २७ कात्तिकमा आईजीपी खापुङले अवकाश पाउनेछन्। त्यसपछि बन्ने आईजीपीले झन्डै साढे दुई वर्ष नेतृत्व गर्ने भएकाले पनि नयाँ नेतृत्व चयनमा तिव्र संघर्ष देखिएको हो । अब बन्ने आइजीपीकै कार्यकालमा देशमा तीन तहकै चुनाव हुने अवस्था छ ।
आईजीपीका लागि चार एआइजीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिष्पर्धामा दानबहादुर कार्की वरियतामा पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा राजन अधिकारी, तेस्रोमा डा.मनोज केसी र चौथो नम्बरमा सिद्धिबिक्रम शाह छन्।
प्रधानमन्त्री सुशीला कार्की वरियता मिच्न नहुने सिद्धान्तमा टेकेर विगतमा चर्चामा आएकी थिइन् । उनले नवराज सिलवाल पहिलो नम्बरको वरियतामा हुँदा हुँदै जयबहादुर चन्दलाई बनाउन खोज्दा सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रहँदा जुन कदम चालिन् त्यसले ठूलै चुनाती भोगिन् । यसपटक उनले वरियतालाई कायमै राख्ने हुन् या होइनन् ? चासो बनेको छ ।
आइजीपीका लागि कार्की र केसीबीच मुख्य प्रतिष्पर्धाको चर्चा छ । तर, कार्कीले बाजी मार्ने विश्लेषण भइरहेको छ । कार्कीलाई रोक्न अनेक खेलहरु भइरहेका छन् । तर, उनी कुशल प्रहरीका रुपमा स्थापित भएकाले रोक्न सजिलो छैन ।
मनोज केसीलाई प्रचण्ड निकट मानिन्छ । उनले प्रचण्ड प्रधानमन्त्री हुँदा महत्वपूर्ण ठाउँमा बसेर काम गरेका थिए । दानबहादुर कार्की भने व्यवसायिक र कुशल प्रहरी अधिकृतको परिचय बनाउन सफल छन् ।