गृहमन्त्री अर्यालले तिनै सुरक्षा निकायका प्रमुखहरुसँग किन गरे छलफल ?

२३ असोज। गृहमन्त्री ओमप्रकाश अर्यालले तीनै वटा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सबै सुरक्षा निकायहरुका प्रमुखसँग छलफल गरेका हुन् ।
छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
पछिल्लो राजनीतिक घटनाक्रम, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे उनीहरूबीच छलफल भएको जनाइएको छ ।