सुन तोलाको २ लाख ३० हजार नाघ्यो

काठमाडौं, १९ असोज । सुन तोलाको २ लाख ३० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ हजार ४ सयले बढेर तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भएको हो । यस अघि असोज १२ गते सुन तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर २९३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज १२ गते चाँदी तोलाको २८१० मा कारोबार भएको थियो ।