स्वास्थ्य मन्त्रीमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदन कुमार पियाको संभावना

काठमाडौं,७ असोज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुभवी र योग्य नेतृत्वको आवश्यकता बढी महसुस गरिएको छ। यसै सन्दर्भमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा। मदन कुमार पियाको नाम सार्वजनिक चर्चामा आउन थालेको छ।
डा। पिया नेपालकै शीर्ष क्यान्सर रोग विशेषज्ञ मात्र होइनन्, उनी सार्क फेडेरेसन अफ अन्कोलोजिस्टका संरक्षक समेत हुन्। लामो समयदेखि चिकित्सा क्षेत्रमा योगदान गर्दै आएका उनी समाजसेवा र स्वास्थ्य क्षेत्रमा पनि सक्रिय छन्। यस कारणले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उनीले कुशलतापूर्वक सम्हाल्न सक्ने विश्वास रूपमा व्यक्त भइरहेको छ।
प्रधानमन्त्री कार्कीले अब केही दिनभित्रै तीन जना मन्त्री थप नियुक्त गर्ने तयारी गरेकी छिन्। यस क्रममा डा। पियाको विशेषज्ञता, अनुभव , नेतृत्व क्षमता र समाजमा उनको प्रतिष्ठा स्वास्थ्य मन्त्रालयका जिम्मेवारीका लागि उपयुक्त हुने जेनजी अगुवाहरू बताउँछन्।
विशेषज्ञ र आम जनताको अपेक्षा अनुसार, डा। पियाको नेतृत्वमा स्वास्थ्य सेवा अझ पारदर्शी, प्रभावकारी र जनता अनुकूल बन्ने सम्भावना रहेको छ। डा। पियाले स्वास्थ्य क्षेत्रमा धेरै सुधार र नवीनतम पहलहरू लागू गर्न सक्ने विश्वास गरिएको छ।