२ आश्विन २०८२, बिहिबार | September 18, 2025

प्रधानमन्त्री कार्कीसँग भारतका प्रधानमन्त्री मोदीको टेलिफोन कुराकानी


September 18, 2025
249
Shares

काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुराकानी गरेका छन् । बिहिबार टेलिफोनमा भएको कुराकानीमा मोदीले नेपालको शान्ति र स्थायित्वका लागि कार्कीबाट हुने पहलमा सहयोग गर्ने आश्वासन दिएका छन् ।

कुराकानीपछि ट्वटी गर्दै मोदीले जेन जी आन्दोलनमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले शान्ति र स्थायित्वको कामना पनि गरे ।

मोदीले संविधान दिवसको अग्रिम शुभकामना पनि गरे । मोदीले यसअघि नै कार्कीलाई बधाई दिइसकेका छन् ।

भारतले नेपालको बदलिंदो परिस्थितिलाई गहिरो ढंगले हेरिरहेको बुझिएको छ । नेपालमा हुने कुनैपनि घटनाक्रमको असर भारतसम्म पनि पर्ने भएकाले मोदी सरकारले शतर्कता पनि अपनाएको देखिन्छ ।

प्रतिक्रिया