जर्ज सोरसमाथि ट्रम्प प्रशासनको छानविन

एजेन्सी, २८ भाद्र । विश्वभर उदारवादका नाममा अस्थिरता मच्चाउँदै आएका अर्बपति जर्ज सोरसमाथि छानविन हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोरसमाथि छानविन हुने बताएका छन् ।
सोरमाथि अमरिकामा भएका विभिन्न दंगामा रकम लगानी गरेको आरोप छ । उनले त्यस्ता दंगा भड्काउन ठूलो रकम खर्चिएर दस्ता नै तयार गरेको ट्रम्पले आरोप लगाएका छन् ।
हँगेरिमा जन्मिएका अर्बपति सोरस विश्वभर ओपन सोसाइटी फाउण्डेशन चलाएर सक्रिय छन् । उक्त संस्थाले उदारवादी एजेन्डाका नाममा राज्यसत्तामा प्रभाव बनाउने गरेको छ ।
नेपालमा पनि ओपन सोसाइटीले धर्मनीरपेक्षको एजेन्डा संविधानमा उल्लेख गराउने अभियान चलाएको थियो । उक्त संस्थाको नेपाल च्याप्टरमा नाम चलेका व्यक्तिहरुको सहभागिता रहेको थियो ।