‘बाह्य शक्तिहरूले खेल्ने मौका नपाउन्, देशभित्रैबाट समस्याको समाधान खोजौ’

प्रकाश रायमाझी । राजनीतिक दलका कथित नेताहरूको अकर्मण्यता र भ्रष्टाचारबाट अजित भएका देशका नयाँ पुस्ता जेन्जीले क्रान्ति गरेर नयाँ युग प्रारम्भ गरेका छन् । होनहार कलिला युवाहरू देशमा भविष्य खोज्न शान्तिपूर्ण आवाज उठाउँदा साहदात प्राप्त गर्नुपर्यो । यो अकाल्पनिक हृदय विधारक कहिले नमेटिने नेपाल आमालाई चोट लागेको छ । यस्तो दुखद घडीमा साहदात हुनुभएका ती युवाहरूप्रति हार्दिक श्रद्धा अश्रुसुमन अर्पित गर्दछु । ठूलो धनधन रभौतिकक्षति भएकोमा स्तब्ध भएको छु। मन रोइरहेको छ ती युवाहरूकोआँखामा तस्बिर रहेको छ । मुटु पोलेको छ दर्दनाक घटना देख्दा क्रान्तिको क्षणमा घाइते हुनुभएका वीर युवाहरूको शीघ्रस्वास्थ्य लाभको निमित्त कामना गर्दछु ।
सहनशील उद्दार भावका नेपालीहरूको महानता भनेको लटेत भ्रष्ट कथित नेताहरूलाई सबक सिकाउनु थियो। अबका दिनमा शेरबहादुर प्रचण्ड ओली जस्ता अहंकारी र देशघातीहरू र तिनका मतियारहरूलाई कडा दण्ड दिएर तिनका अकुत सम्पत्तिहरू राष्ट्रियकरण गरिनुपर्छ। स्वदेशी उद्योग कलखानाहरू खोलेर हाम्रा युवाहरुलाई देशभित्रै सम्मानपूर्वक रोजगारीको वातावरण सिर्जना गरिनुपर्छ। अब युवाहरूको हातमा देशको बागडोर सुम्पनु पर्छ। कार्यपालिका न्यायालयमा भइरहेका विसंगतिलाई पन्छाउनका निमित्त कथित न्यायमूर्तिलाई बिदा गरेर तिनका भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ। तर यो पीडाको घडीमा हामी सबैले अत्यन्त संयमित भएर राजनीतिक स्थिरताको लागि दलीय राजनीतिकमुक्त स्वतन्त्र स्वाभिमान देशभक्तहरूले सरकारको नेतृत्व गर्नुपर्छ संवैधानिक राजसंस्था हिन्दु राज्य सबै नेपाली अटाउने नयाँ संविधानको पुनर्लेखन अपरिहार्य भएको छ ।
व्यवस्थापिका कार्यपालिका न्यायपालिका भित्रका ४६ सालपछिका सबै विकृतिहरूलाई छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाएर सुदृढीकरण गरिनुपर्छ। बिचौलिया दलाल भ्रष्ट माफिया दलिय संकीर्णताका हर व्यक्तिलाई आफूलाईपरिवर्तन हुने अवसर पनि आएको छ। नेपाली हुन नेपालीबन। विदेशीका दास र गुलाम भएर नेपालीमाथि शासन गर्ने सपना नदेख। यो क्रान्तिबाट युवाहरूले सन्देश दिएका छन्। एक नेपालीले अर्को नेपालीको सम्मान गर्ने हरेक क्षेत्रमा शान्ति संयमित सौहाद्रता कायम गर्दै अघि बढ्नुपर्छ। विदेशी हस्तक्षेप निम्तिन सक्ने खतराबाट हामी सचेत हुनुपर्छ। स्वच्छ प्रशासन स्वच्छ हुन न्यायालयमा पुननियुक्ति पुनसंरचना अपरिहार्य छ ।बिचुलियाकरणको अन्त्य गरिनुपर्छ। हरेक बौद्धिक व्यक्तिले दलको गुलामी गर्नैपर्ने यो युगको अब अन्त्य भएको छ। सो धर्म स्वविवेक वैदिक सनातन धर्म पूर्वीय दर्शनलाई हामी नेपालीले एकपल्ट गौरवका साथ विश्वलाई देखाउनुपर्छ सामथ्र्यवान्छौँ भन्ने।
हाम्रो राष्ट्र हामी जोगाउन सक्छौं। कुशासन र विदेशीका एजेन्टलाई नेपालभित्र ठाउँ छैन। नेपाली सेना राष्ट्रको सेनाहो। सेनाको नेतृत्वमा शान्ति सुव्यवस्था कायम गरी नयाँ ढङ्गबाट मुलुक अगाडि बढ्नुपर्छ। स्वाधीन र हाम्रो स्वतन्त्र राष्ट्रको सार्वभौम अखण्डतामाथि कुनै प्रश्न नउठोस्। यो सङ्क्रमणकालको अवस्थामा हरेक नेपालीले सावधान भएर आफ्नो क्षेत्रबाट नेपाली सेनाको अभिभावकत्वमा शान्ति स्थायित्व काम गर्न नयाँ युगको आरम्भमा अघि बढ्नुपर्छ। ती वीर योद्धायुवाहरूलाई फेरि पनि सलाम छ। अब शान्त र संयमित हुनुस्। प्रतिशोधमा नउत्रौ दलीय राजनीतिले सिकाएको बाटो नहिडौँ। नेपाल राष्ट्रको जय होस् नेपालीको शिर उच्च होस् पुर्खाले आजको यो वीरहरूको पावन भूमिमा । बाह्य शक्तिहरूले खेल्ने मौका नपाउन् देशभित्रैबाट समस्याको समाधान खोजौ। जय राष्ट्रवाद!
रायमाझी राजनीतिक विश्लेषक हुन् ।