२२ भाद्र २०८२, आइतबार | September 8, 2025

भारतका बुद्ध धर्मालम्बी प्रधानन्यायाधीश गवईको लुम्बिनी तीर्थयात्रा


September 6, 2025
166
Shares

काठमाडौं, २१ भाद्र । नेपाल भ्रमणमा रहेका भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले लुम्बिनी तीर्थयात्रा गरेका छन् । उनी बुद्ध जन्मस्थल लुम्बिनी पुगेर पूजाआजा गरेका छन् ।

बौद्ध परम्पराअनुसार भिक्षु लामाको पाठसहित पूजा गर्दै खुशी व्यक्त गरे । उनी भारतका प्रथम बुद्धमार्गी प्रधानन्यायाधीश हुन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निम्तोमा नेपाल भ्रमणमा रहेका गवईले आफ्नो लुम्बिनी भ्रमण गर्ने चाहना पूरा भएको भन्दै खुशी व्यक्त गरे । विश्व शान्ति, मानव कल्याण र नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ होस् भन्ने कामनासहित दीप प्रज्ववलन समेत गरे ।

भारतका प्रधानन्यायाधीश गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा र सदस्य सचिव सानुराजा शाक्यसहित कोषका अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया