२१ भाद्र २०८२, शनिबार | September 6, 2025

सामाजिक सञ्जालबारे कांग्रेसको धारणा के हो ?


September 6, 2025
83
Shares

काठमाडौं,२१ भदौ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

बैठक आइतबार बिहान ८ बजे बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशन दिइएको हो ।

सो बैठकमा सरकारले सामाजिक सञ्जाल बन्द गरेको बारे कांग्रेसले ठोस निर्णय समेत गर्ने बुझिएको छ । सामाजिक सञ्जालमा सत्तारुण दल कांग्रेसको आधिकारिक धारणा बनाउनु पर्ने भन्दै प्रश्न उठेको छ ।

लोकप्रिय फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा बन्द भएकोमा सरकारको चौतर्फी बिरोध भइरहेको छ ।

प्रतिक्रिया