संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरी खतिवडा चयन

काठमाडौं,२० भदौ । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरेको हो ।
समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाले एकल उम्मेदवारी दिएका थिए ।
खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सांसद श्यामकुमार घिमिरेले राखेका थिए भने एमालेका सांसद महेश बर्तौलाले समर्थन जनाएका थिए ।
खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए ।