प्रधानन्यायाधीश राउतसँग बार किन असन्तुष्ट

काठमाडौं, १ भाद्र । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग नेपाल बार एशोशिएसन असन्तुष्ट छ । न्यायाधीश नियुक्तिलाई लिएर बारको असन्तुष्टि सतहमै देखिएको छ । जसका कारण केही दिनअघि बार काउन्सिलको कार्यक्रममा प्रधानन्यायाधीश राउतलाई बोलाइएन ।
३२ वर्षको परम्परा तोड्दै बार काउन्सिलको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि बनाइए । यसले न्याय क्षेत्रमा नै तरंग ल्याएको छ ।
बार एशोशिएसनले न्याय परिषदका दुई सदस्यलाई समेत बोलाएर न्यायाधीश नियुक्तिबारे छलफल गर्ने तय गरेको छ । न्याय परिषदका सदस्य दामोदर खड्का र महेश नेपाल बोलाइएका छन् । खड्का काँग्रेसको कोटामा र नेपाल एमालेको कोटामा नियुक्त भएका हुन् । तर, उनीहरुको भूमिकालाई लिएर बारले आलोचना गरेको छ ।
पछिल्ला वर्षहरुमा बारको प्रधानन्यायाधीशसँग असमझदारी बढ्ने क्रम बढेको छ । यसअघिका बार अध्यक्षमाथि प्रधानन्यायाधीशको आलोचना गरेको भन्दै अदालतको अवहेलना मुद्दा नै छ ।