२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गोलबजारमा सिलिन्डर ग्याँस पड्कियो, लाखौंको क्षति


0
Shares

काठमाडौं, २६ वैशाख । सिराहाको गोल बजारको एक होटलमा आज बिहान ग्यास विस्फोट भएको छ ।

नगरपालिका–४ स्थित जोगी शाहले सञ्चालन गर्दै आएको होटलमा आगलागी हुँदा सम्पुर्ण सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी होटलमा रहेका ६ वटा सिलिन्डर नै पड्केका छन् । तर मानविय क्षति भने हुन पाएन ।

आगोले होटल सबै ध्वस्त भएको छ, करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया