१ भाद्र २०८२, आइतबार | August 17, 2025

भारतका विदेश सचिव मिश्रीको भ्रमणमा के होला


August 16, 2025
0
Shares

काठमाडौं, ३१ साउन । भारतका विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुग्ने तय भएको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउने जनाएको छ ।

भ्रमणमा दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ । विज्ञप्तिमा मिश्रीको भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने उल्लेख छ ।

विश्वस्त स्रोतका अनुसार भारतका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाट समेत गर्नेछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निम्तो दिने बुझिएको छ । परराष्ट्रमन्त्री आरजु राणासँग पनि उनको भेट तय छ ।

मिश्रीले मुख्य दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बुझिएको छ । पछिल्लो समय भारतले छिमेकसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिंदा मिश्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया