३१ श्रावण २०८२, शुक्रबार | August 15, 2025

३९ शैक्षिक संघसंस्था र पुस्तकालयलाई पुस्तक अनुदान घोषणा


August 15, 2025
0
Shares

काठमाडौं, ३० साउन । भारतको ७९ औं स्वतन्त्रता दिवस नेपालस्थित भारतीय राजदूतावासले विविध कार्यक्रम गरी मनाएको छ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागीतामा ७९ औं स्वतन्त्रता दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ भयो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरियो । राष्ट्रपति र्मुर्मुले विगत ७८ वर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिका बारेमा चर्चा गरे ।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे । कुल ६ करोड ४० लाखको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे ।

भारतीय दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍यो । दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखी यो घोषणा गरेको जनाइएको छ ।

दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतहरुमा जीवन्त साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया