३१ श्रावण २०८२, शुक्रबार | August 15, 2025

पाकिस्तानलाई मोदीको चेतावनी


August 15, 2025
166
Shares

एजेन्सी, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका छन् । भारतको ७९औं स्वतन्त्रता दिवसमा नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा बोल्दै उनले आणविक ब्याल्कमेल नसहने भन्दै पाकिस्तानलाई चेतावनी दिएका हुन् ।

‘आणविक ब्ल्याकमेल लामो समययता चलिरहेको छ, भारतले ब्ल्याकमेल सहँदैन,’ मोदीले लाल किल्लामा आयोजित समारोहमा बोल्दै शुक्रबार भने, ‘यदि हाम्रो दुश्मनले यस्ता प्रयास जारी राखेमा हाम्रो सशस्त्र बलले त्यसको जवाफ दिनेछ ।’

अपरेशन सिन्दूरमा सैनिकको भूमिकाको प्रशंशा गरे । पाकिस्तानले अविश्सनीय दण्ड पाएको समेत बताए ।

मोदीले इन्दुस नदीको पानी बाँडफाँडको सम्झौताको समेत आलोचना गरे । उनले रगत र पानी एकसाथ बग्न नसक्ने बताए । भारतका किसानहरु नदीको पानीसम्बन्धी सम्झौताबाट पीडित भइरहेको बताए ।

प्रतिक्रिया