ट्रम्प र पुटिनबीच अलास्कामा भेटवार्ता हुने

एजेन्सी, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता तय भएको छ । दुवै नेताबीच १५ अगष्टमा अलास्कामा भेट हुने तय भएको हो ।
ट्रम्पले पुटिनसँग भेटवार्ता हुने खुलासा गरेका हुन् । उनले भेटमा युक्रेन युद्ध अन्त गर्ने सफलता हासिल हुने अपेक्षा गरेका छन् ।
अमेरिकाले ट्रम्प, पुटिन र जेलेन्स्कीबीच भेटको प्रयास गरेको थियो । तर, रुसले त्यसबारे कुनै प्रतिक्रिया जनाएन ।