एशिया कप मुट २०२५ मा केएसएस टिम

काठमाडौं, १७ साउन । जापानमा हुने एशिया कप मुट २०२५ मा काठमाडौं स्कुल अफ ल को टोली सहभागी हुन जाँदैछ । स्कुल अफ ल का चार विद्यार्थी सम्मिलित केएसएस मुट कोर्टको टोली जापान जान लागेको हो ।
केएसएल मुट कोर्ट कमिटिका अनुसार विद्यार्थीहरु आकांक्षा कर्माचार्य, सुलक्षणा देवकोटा, सुस्मिता चौलागाई र समृद्धि अर्याल रहेको मुट कोर्टको टोलीले नेपालबाट छनोट भई सहभागिता जनाउने तय भएपछि जान लागेको हो ।