२८ असार २०८२, शनिबार | July 12, 2025

आषाढ पूर्णिमामा प्रार्थना सभा


332
Shares

काठमाडौं, २६ असार । आषाढ पूर्णिमाको पवित्र दिनमा नेपालस्थित भारतीय राजदूतावासले भीक्षुहरुको सहभागितामा प्रार्थना सभा आयोजना गरेको छ । नेपालस्थित विभिन्न गुम्बामा रहेका भीक्षुहरु प्रार्थना सभामा सहभागी थिए ।

भीक्षुहरुले प्रार्थना सभामा भगवान गौतम बुद्धको सारनाथको पहिलो उपदेशको मन्त्रोचारण गरेका थिए । नेपाल र भारतबीचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धसँग जोडिएकोले यसको निकै ठूलो महत्व रहेको छ ।

प्रार्थना सभामा नेपालका थेरवाद, महायान र बज्रयानसम्बन्धी गुम्बाहरुबाट भीक्षु तथा प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया