सेनाले पुननिर्माण गरेको बडिमालिका मन्दिर

काठमाडौं, २६ असार । सुदूर पश्चिम क्षेत्रको मल्लागिरी पर्वतमा अवस्थित बडिमालिकाको विशेष महत्व छ । बाजुराको बडिमालिका धार्मिक तीर्थस्थल पनि हो । त्यहाँ अवस्थित बडिमालिका मन्दिर सुदुरपश्चिम क्षेत्रको मुख्य आकर्षमध्येको हो ।
हालैमात्र नेपाली सेनाले बडिमालिका मन्दिरको पुनः निर्माण सम्पन्न गरेको छ । २३ असारमा पुनः निर्माण सम्पन्न भएको छ । मन्दिर पुनः निर्माणका क्रममा पनि निरन्तर खुलेको छ । पुनः निर्माणपछि त मन्दिर झन् आकर्षक देखिएको छ ।