मस्कले किन खोले नयाँ दल

एजेन्सी, २२ असार । विश्वकै सर्वाधिक धनी इलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले अमेरिका पार्टी घोषणा गरेर राजनीतिमा बलियो उपस्थिति देखाएका छन् ।
यसअघि डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बन्न साथ दिएका मस्क उनको टिममा रहेर काम गरे । तर, ट्रम्पसँगको सम्बन्ध चिसिएपछि साथ छाडे । मस्कले अहिले राजनीतिक दल नै घोषणा गरेका छन् ।
मस्क एक्स भनिने ट्वीटरका मालिक हुन् । उनले टेस्ला कम्पनी पनि चलाउँदै आएका छन् । मस्कसँग ३४२ अर्ब डलर सम्पत्ति रहेको फोर्बसले जनाएको छ ।
५३ वर्षीय मस्क नवीन कामहरु गरेर चर्चामा आइरहन्छन् । ट्रम्पसँग टकराव बढेपछि मस्कको अमेरिकाको राष्ट्रपति बन्ने महत्वकांक्षा झन् बढ्यो । डगको नेतृत्व लिंदा नै मस्क हावी भएको सन्देश गएको थियो । उनी भावी राष्ट्रपतिका दाबेदारका रुपमा हेरिएका थिए । तर, सम्बन्ध बिग्रिएपछि मस्क आफ्नो महत्वाकांक्षा पूरा गर्न नयाँ दल खोल्ने सम्मको निर्णय लिन पुगे ।