घुमाएर धक्का दिने ओली

समाचार विश्लेषण । मदन भण्डारी फाउण्डेशनको गत शनिबारको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति चर्चामा छ । उनले दिवंगत भण्डारीकी पत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै सामुन्ने जे बोले त्यसलाई सामान्य मानिएको छैन ।
मदन भण्डारीको चारवटी श्रीमती रहेको, सहकारी ठगी गरेको जस्ता झुठा आरोपहरु लगाइने गरिएको भने । स्पेन भ्रमणमा जाने दिन उनले दिएको अभिव्यक्ति विवादमा आयो । ओली घुमाउरो तरिकाले विरोधीलाई धक्का दिने गर्छन् । यो उनको शैली हो ।
विद्या भण्डारी एमाले राजनीतिमा ओलीको मुख्य प्रतिष्पर्धी बनेर देखापर्दैछिन् । यसकारण ओली झस्किएका छन् । उनले घुमाएर पहिलो धक्का दिए विद्यालाई ।
विगतमा आफूलाई चुनौती दिन खोज्ने भीम रावललाई पनि ओलीले घुमाउरो तरिकाले धक्का दिदै पछि पार्टीबाटै निष्काशित गरिदिए ।
माधव नेपाललाई पनि ओलीले घुमाउरो तरिकाले धक्का दिएका थिए विगतमा । उनले अझै पनि माधव नेपाललाई धक्का दिन छाडेका छैनन् ।
वामदेव गौतम पनि उनका प्रतिष्पर्धी थिए पार्टीभित्र विगतमा । उनलाई पनि घुमाएरै धक्का दिए । यो ओलीको शैली हो ।