२१ असार २०८२, शनिबार | July 6, 2025

मोदीको पाँच देशको भ्रमण, प्रभाव फैलाउँदै भारत


664
Shares

एजेन्सी, १८ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमणमा निस्किएका छन् । उनी बुधबार घाना, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको भमणमा निस्किएका हुन् ।

एक हप्ता लामो यात्रामा निस्किएका मोदीले आफ्नो भ्रमणको उद्देश्य सँसारलाई अझ राम्रो बनाउनेतर्फ छलफलका लागि भएको ट्वीटमार्फत् लेखेका छन् ।

मोदीको पहिलो भ्रमण अफ्रिकी देश घानाबाट सुरु हुने भएको छ । जहाँ लगानी, ऊर्जा, स्वास्थ्य, सुरक्षा र विकासबारे कुराकानी गर्ने जनाइएको छ ।

क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोमा मोदी पुग्नेछन् । अर्जेन्टिनामा पाँच दशकपछि भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्दैछन् मोदी । त्यसपछि उनी ब्राजिल पुग्ने तय छ ।

मोदीले नामिबियाबाट भ्रमण अन्त गर्ने भएका छन् । नामिबियासँग भारतको विशेष सम्बन्ध छ ।

भारतले विश्व राजनीतिमा आफ्नो दरिलो उपस्थिति बढाइरहँदा पाँच देशको भ्रमणमा मोदी गएका हुन् । यसलाई भारतको विश्व राजनीतिमा बढ्दो प्रभावका रुपमा लिइएको छ ।

यसैगरी, क्वाड देशहरुको विदेशमन्त्रीले संयुक्तरुपमा पहलगाममा भएको आतंकवादी हमलाप्रति खेद व्यक्त गरेका छन् । क्वाड देशहरु भारत, अमेरिका, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरुको बैठकले मंगलबार विज्ञप्तिमार्फत् खेद प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया