१७ असार २०८२, मंगलबार | July 1, 2025

स्वर्गिय कँडेलप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण


166
Shares

पार्टीले इमान्दार नेता गुमायो : किरणराज शर्मा पौडेल

चितवन,१६ असार । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण राज शर्मा पौडेलले बागलुङ जिल्लाका पूर्व पार्टी सभापति एवं पूर्व प्रतिनिधिसभा सदस्य गोविन्द प्रसाद शर्मा कँडेलको पार्थिव शरीरमा पार्टीकोे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित कँडेलको ८७ बर्षको उमेरमा आईतबार चितवनमा निधन भएको थियो । नेपाली काग्रेस बागलुङको संयोजनमा बिपि स्मृति भवनस्थित नारायणचोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा केन्द्रिय सदस्य पौडेलले स्व।कँडेलको निधनले सिंगो नेपाली काग्रेस पार्टी र बागलुङ बासीमा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँको निधनबाट पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार, सरल, शालीन र प्रेरणादायी नेता गुमाएको बताउनुभयो ।

स्वर्गिय कँडेल प्रति नेपाली काग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, बागलुङ पार्टी सभापति जित शेरचन, पूर्व पार्टी सभापतिहरु मणिभद्र शर्मा कँडेल, हरिप्रसाद श्रेष्ठ, प्रकाश पौडेल, िदपेन्द्रबहादुर श्रेष्ठ लगाए नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

कँडेलको पार्थीव शरीरलाई बिहान ११ देखि १२ बजे सम्म पार्टी कार्यालय स्थित नारायण चोकमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । बागलुङ बजार देखि निरयघाट सम्म शवयात्रा गरि स्वर्गिय कँडेलको पार्थिव शरीरलाई आजै निरयघाटमा अन्त्येष्टि गरिएको छ ।

२०१० साल देखि पार्टीमा सक्रिय पटक पटक आन्दोलनका क्रममा ७ वर्ष जेल पर्नु भएका कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं।१ बाट प्रतिनिधि सभा सदस्य एवं नेपाली काग्रेस जेष्ठ राजनीतिज्ञ सभाका पूर्व सदस्य समेत रहनुभएको थियो। उहाँ विगत केही समयदेखि बिभिन्न स्वास्थ्य समस्यबाट पीडित रहनुभएको थियो । स्वास्थ्य परिक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौं जाने तयारी गर्दै गर्दा उहाँको निधन भएको थियो । १९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं। ६ बिहुँकोटमा जन्मिएका कँडेलको शब आइतवार नै जन्मस्थल बिहु ल्याईएको थियो । स्वर्गिय कँडेल बागलुङवासीका लागि ‘गोविन्द बा’ को रुपमा लोकप्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया