१० असार २०८२, मंगलबार | June 24, 2025

कतारमाथि इरानले किन हमला गर्यो ?


5.5k
Shares

एजेन्सी, १० असार । इजरायल र इरानबीच युद्ध अचानक फैलियो । युद्धको १२औं दिन इरानले कतार र इराकमा रहेको अमेरिकी सैन्य अखडामा हमला गरेपछि खतरनाक स्थिति आयो ।

तेल र ग्याँसको खानी रहेका मध्यपूर्वमा अमेरिकाको बलियो प्रभाव छ । अमेरिकाले साउदी अरब, कतार, कुवेत, इराक, युएई, बहराइन, सिरियालगायत देशमा सैन्य अखडा बनाएको छ । मध्यपूर्वमा मात्र अमेरिकाको ४५ हजार सैनिक खटिएका छन् ।

सोमबार राति इरानले कतार र इराकको अमेरिकी सैन्य अखडामा हमला गर्यो । त्यसबाट क्षति पनि भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ मध्ये १३ मिसाइल रोकेको र एउटाले मात्र सामान्य क्षति पु्र्याएको बताए । तर, अमेरिकी सैन्य अखडामा इरानले हमला गरेपछि युद्धविराम भयो ।

इरानी विदेशमन्त्री आकस्मिक रुपमा रुस पुगेर भ्लादिमिर पुटिनलाई भेटे । उनले सहयोगको आग्रह गरे । पुटिनले अमेरिकी हमलाको विरोध मात्र गरेनन् कडा चेतावनी पनि दिए । त्यसको केही घन्टामै इरानले अमेरिकी सैनिक अखडामा हमला गर्यो । यसले अमेरिकामाथि पनि दबाब बढ्यो । जसका कारण युद्धविराम भयो ।

इरानले युद्धविरामको पालना गर्ने शर्त राखेको छ । उसले इजरायली हमला नभएमात्र चुप बस्ने बताएको छ ।

१२ दिनको युद्धमा इजरायल र अमेरिकाले इरानको परमाणु केन्द्रहरुमा पनि हमला गरे । इरानका सेनापति देखि उच्च सैनिक अधिकारीहरु मारिए । इस्लामिक सत्ता नै पल्टने संकेतहरु पनि देखिए । तर, युद्धविराम अन्तलगत्तै नयाँ राजनीतिक घटना विकास भएको छ ।

प्रतिक्रिया