९ असार २०८२, सोमबार | June 23, 2025

मेलम्ची बन्द हुँदा वर्षामा उपत्यकावासी काकाकुल


1.4k
Shares

काठमाडौं, ९ असार । वर्षायाममा उपत्यकाका अधिकांश बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । मेलम्चीको पानी आउन छाडेपछि उपत्यकावासी महँगो मूल्यमा खानेपानी खरिद गर्न वाध्य भएका छन् ।

वर्षायाममा मेलम्चीको मूलढोका नै बन्द गरेर पानी ल्याइँदैन । जसका कारण रिङरोड भित्रका बासिन्दा खानेपानी पाउँदैनन् । मेलम्ची हिउँदमा मात्र आउने गरेको छ ।
काठमाडौं र ललितपुरका मुख्य शहरी क्षेत्रमा मेलम्ची आउन छाडेको हप्तौं भइसकेको छ । मेलम्ची नआउँदा अन्य विकल्पका पानी पनि धमिलो हुन थालेको छ ।

उपत्यकाको रिङरोड बाहिर उपभोक्ताले निर्माण गरेका खानेपानी समितिबाट बोरिङ या अन्य माध्यमले पानी वितरण हुने गरेको छ । बरु मेलम्चीको पाइप नजोडिएको ठाउँमा वर्षामा पानी आउने गरेको छ ।-File Photo

प्रतिक्रिया