५ असार २०८२, बिहिबार | June 20, 2025

आलमलाई सफाई दिने न्यायाधीश खुशी र अर्जुन छानबिनको दायरामा, न्याय परिषदमा तानिए


2.9k
Shares

काठमाडौं, ५ असार । चौतर्फी दबाबपछि जिउँदै ईट्टाभट्टामा मान्छे पोलेर हत्या गरेको अभियोगमा दोषी ठहर भइसकेकालाई सफाई दिने न्यायाधीशद्वय खुशी प्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन बढेको छ । उनीहरुमाथि छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्मालाई तोकिएको छ ।

दुवैलाई उच्च अदालत जनकपुर, अस्थायी इजलाश वीरगञ्जबाट न्याय परिषदमा तान्ने निर्णय पनि गरेको छ । न्याय परिषदको बिहिबार बसेको बैठकले थारु र महर्जनलाई तान्ने निर्णय लिएको हो । उनीहरुविरुद्ध रौतहट बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंहबा बाबु श्रीनारायण सिंह राजपूत र अभियन्ता युवराज सफलले छुट्टाछुट्टै उजूरी दिएका थिए ।

यसअघि परिषदमा न्यायाधीशद्वय थारु र महर्जनमाथि छानबिन बढाउन खोज्दा सहमति भएको थिएन । वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले दुवैलाई छानबिनको दायरामा ल्याउनुपर्ने अडान लिएपनि परिषद अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानेका थिएनन् । संसद देखि सडकसम्म यो विषय जोडतोडका साथ उठेपछि राउत माथि दबाब बढेको थियो ।

सांसद अमरेश सिंहले कानूनमन्त्री अजय चौरसियाको कल डिटेल जाँच गरी न्यायाधीशहरुलाई प्रभावित पारेको छानबिन गर्नुपर्ने माग गरेका छन् । उनले संसदमा बोल्दै यो घटनामा मन्त्री चौरसियाको भूमिकाबारे प्रश्न उठाएका छन् ।

नेपाली पेनले न्यायाधीशद्वयले नियोजित रुपमा सफाई दिएको र यसमा कानूनमन्त्री अजय चौरसियाले पनि भूमिका खेलेको तथ्य सार्वजनिक गरेको थियो । निरन्तर रुपमा यो घटनाबारे नेपाली पेनले समाचार र लेख प्रकाशित गर्दै आएको छ ।

आलम प्रकरणले प्रधानन्यायाधीश राउतमाथि प्रश्नै प्रश्न

अफताबलाई छुटाउने फैसलाले खुशीप्रसादलाई सर्वोच्चको ढोका खुल्ला ?

अफताब आलमविरुद्धको मुद्दा उल्टाउने न्यायाधीश खुशी प्रसादलाई कस्ले दल्यो कालो मोसो

न्यायाधीशद्वय खुशी र अर्जुनको पद धरापमा

खुशीप्रसादले आलम दाजुभाईलाई दिलाएको खुशी

प्रतिक्रिया