५ असार २०८२, बिहिबार | June 20, 2025

इरानमा राजसंस्था फर्किएला ?


415
Shares

एजेन्सी, ५ असार । इरानको इजरायलसँग युद्ध चलिरहँदा सत्ता पल्टने आँकलनहरु गरिएका छन् । इस्लामिक क्रान्तिबाट सन् १९७९ मा राजतन्त्र अन्त भएको थियो इरानमा । तत्कालिन राजा रेजा शाह पल्लवी देश छाडेर भागेका थिए ।

इस्लामका धर्मगुरु अयोतुल्ला खोमेनी सर्वोच्च नेता बनाइए । अहिले अयोतुल्लाका उत्तराधिकारी अली होसेनी खोमेनी इरानका सर्वोच्च नेताका रुपमा छन् । खोमेनीको हत्या गर्ने प्रयास भइरहेको छ ।

इरान इजरायलको आक्रमणमा छ । अमेरिका पनि युद्धमा प्रत्यक्ष संलग्न हुने सम्भावना छ । ठिक यही समयमा इरानका पूर्वराजा पल्लवीका छोरा पूर्वयुवराज रेजा पल्लवीले वक्तव्य जारी गरेका छन् । इरानबाहिर रहेका उनले इस्लामिक गणतन्त्र अन्तको नजिक पुगेको बताइसके । उनले भविष्य सुन्दर रहेको र आफूले सबैसँग मिलेर नयाँ इतिहासको पन्ना पल्टाउने बताएका छन् ।

पल्लवीले इरानमा संवैधानिक राजसंस्था रहने सन्देश दिएका छन् । सेरेमोनियल राजाको विषमा जोड दिएका छन् । इस्लामिक गणतन्त्र अन्तपछि कुनै डर नपाल्न पनि भनेका छन् । उनले लोकतान्त्रिक सरकार निर्माणका लागि तयार हुन भनेका छन् ।

प्रतिक्रिया