इरानविरुद्धको युद्धमा इजरायललाई अमेरिकाको साथ, अब के होला ?

एजेन्सी, ४ असार । इरानविरुद्धको युद्धमा इजरायललाई अमेरिकाको समर्थन देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैपनि बेला प्रत्यक्ष रुपमा युद्धमा होमिने संकेत गरिसकेका छन् । उनले इरानलाई आत्मसमर्पण गर्न भन्दै परमाणु सन्धीका लागि तयार हुन चेतावनी दिइसके ।
ट्रम्पले इरानको आकाशलाई पूर्ण रुपमा नियन्त्रण गरिएको समेत भनेका छन् । इरानमाथि भएको हवाई हमलामा अमेरिकी हतियारको प्रयोग समेत खुलेको छ । इरानका सेनापति, वरिष्ठ सैनिक अधिकारीहरु मारिएका छन् ।
ट्रम्पले इरानका सर्वोच्च नेता अलि खमेनीको हत्या नगर्न इजरायललाई आग्रह गरिएको भनेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसलाई अस्वीकार गरिसके । उता खमेनीले इजरायलविरुद्ध युद्धको घोषणा गर्दै कुनै दया नदेखाइने भनेका छन् ।
इरानमाथि इजरायलको कठोर आक्रमणलाई लिएर रुस र चीन जस्ता शक्ति गम्भीर भएका छन् । दुवै देश इरानसँग नजिक छन् । इरानको पराजयले अमेरिकाको प्रभुत्व बढ्ने र सँसारभर उसको साम्राज्य खडा हुने विषय पनि उठेको छ । यसकारण यो युद्धमा इरानलाई रुस र चीन जस्ता देशहरुले अप्रत्यक्ष रुपमा साथ दिन सक्छन् ।-तस्बिर स्रोतः आरटी