३ असार २०८२, मंगलबार | June 17, 2025

जी सेभेन समिट बीचैमा छाडेर किन फर्किए ट्रम्प


498
Shares

एजेन्सी, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी सेभेनलाई जी एट बनाएर रुसलाई समावेश गर्नुपर्ने एजेन्डा उठाए यसपटक । क्यानडामा जारी जी सेभेन समिटमा उनको एजेन्डाले तरंग नै ल्यायो । लगत्तै उनी समिट बीचैमा छाडेर अमेरिका फर्किए ।

समिटका लागि क्यानडा भ्रमणको अवधि नै छोट्याएर निस्किएपछि विभिन्न टिकाटिप्पणी चलिरहेको छ । ट्रम्पले इरान र इजरायलबीचको युद्ध अन्तका लागि विशेष भूमिका निभाउनुपर्ने भएकाले समिटमा पूरा अवधि बस्न नभ्याएको ट्रम्पले बताएका छन् ।

एकपछि अर्को आक्रामक कदम र विवादास्पद शैलीका कारण ट्रम्प चर्चामा छन् । उनले विश्व राजनीतिलाई नै प्रभावित बनाउने कदमहरु चालिरहेका छन् ।-Photo Source: Stinger

प्रतिक्रिया