ग्वार्को फ्लाई ओभर निर्माण पूरा, ६ असारबाट सञ्चालनमा आउने

ललितपुर, २ असार । बहुप्रतिक्षित ग्वार्को फ्लाई ओभरको काम पूरा भएको छ । म्याद थपेपछि पनि ठेकेदार कम्पनीले पूरा गर्न नसकेपछि जरिवाना तिर्दै काम बढाएको थियो । अब ६ असारबाट फ्लाई ओभर सञ्चालनमा आउनेछ ।
ग्वार्को फ्लाई ओभरबाट सवारी साधन चल्न थालेपछि त्यस क्षेत्रमा जाम हुने छैन । पनौती, लामाटार, लुभु, इमाडोल हुँदै आउने यातायातले पनि कम जाम भोग्नुपर्ने हुन्छ । लगनखेल र मङ्गलबजार हुँदै इमाडोलतर्फ जाने सवारी साधानले पनि जाम खेप्नुनपर्ने भएको छ ।
फ्लाई ओभर निर्माण अवधिभर त्यस क्षेत्रका जनताले निकै सास्ती भोगे । दैनिकजसो हुने जामले समय बर्बाद हुने देखि मानसिक यातना समेत भोग्न वाध्य भए ।-File Photo