२ असार २०८२, सोमबार | June 16, 2025

कालिज फार्ममा चितुवा छिरेपछि… (भिडियोसहित)


249
Shares

ललितपुर, २ असार । कालिज पालन गरिएको कृषि फार्ममा चितुवा छिरेको छ । महालक्ष्मी नगरपालिका वडा नं ८ को नेपालचौर नजिकै जँगलमा कालिज पालन गरिएको स्थानमा चितुवा छिरेको हो ।

गएराति एक बजे चितुवा छिरेर कराउन थालेपछि विहानपख मर्निङ वाक जानेले देखेका थिए । चितुवाको उद्धार टोली त्यहाँ पुगेको महालक्ष्मी ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकाको ८, ९ र १० मा घना जँगल छ । त्यस क्षेत्रमा जँगली जनावरहरु भेटिन्छन् । तर, पछिल्लो समय जँगल क्षेत्रमा तारबार लाउने क्रम बढेपछि जनावरहरु असुरक्षित हुन थालेका छन् ।

प्रतिक्रिया