३२ जेष्ठ २०८२, शनिबार | June 14, 2025

अवस्थाविरोधी रवि र व्यवस्थाविरोधी दुर्गा दुवै जेलमा


1.2k
Shares

एजेन्सी, ३० जेठ । अवस्थाविरोधी रवि लामिछाने र व्यवस्थाविरोधी दुर्गा प्रसाईँ दुवै जेल पठाइएका छन् यतिबेला । रविमाथि सहकारी ठगी प्रकरणमा थुनामा पठाउने आदेशसँगै जेलमा बसिरहेका छन् । दुर्गा प्रसाईँविरुद्धको तीनकुने घटनामा थुनछेकको आदेशमा थुनामा पठाउने आदेश आएको हो ।

गएराति आएको आदेशमा दुर्गासहित सातजना थुनामा पठाउने आदेशपछि जेल चलान भएका छन् । यो घटनामा ३२ जनालाई धरोटीमा छाड्ने आदेश आएको छ ।

लामिछाने पछिल्लो समय नयाँ शक्तिका रुपमा उदाए । गत निर्वाचनमा उनको दलले आश्चर्यजनक नतिजा ल्यायो । त्यसपछि उनी दुईपटक उपप्रधानसहित गृहमन्त्री पनि भए । तर सत्ताराजनीतिसँगै उनीविरुद्ध एकपछि अर्को मुद्दा दायर भयो ।

दुर्गा प्रसाईँ गणतन्त्र विरोधी हुन् । उनी राजासहितको हिन्दूराष्ट्रको पक्षमा आन्दोलन गर्दै आएका छन् । तीनकुनेमा चैत्र १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्नताको आरोपमा उनलाई पक्राउ गरिएको थियो । र्पुपक्षका लागि थुनामा राख्ने आदेश आएपछि प्रसाईँ जेल चलान गरिएका छन् ।

प्रतिक्रिया