भारतमा उड्नेवित्तिकै विमान झरेर ध्वस्त (भिडियोसहित)

एजेन्सी, २९ जेठ । भारतमा उड्नेवित्तिकै विमान झरेको छ । अहमदावाको सरदार बल्लवभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै एयर इन्डियाको विमान झरेर दुर्घटनाग्रस्त भएको हो ।
विमान लन्डनका लागि उडेको थियो । झर्नेवित्तिकै आगोको मुश्लो देखिएको विमानमा २४० यात्रु सवार थिए । उनीहरुको अवस्थाबारे केही बताइएको छैन ।