३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डको तारोमा बादल र रायमाझी नै किन


0
Shares

काठमाडौं, २१ वैशाख । प्रचण्ड विश्वासपात्रलाई जति संरक्षण गर्छन् त्योभन्दा बढी विश्वासघात गर्नेलाई ठेगान लगाउने स्वभावका छन् । माओवादीले हिंसात्मक गतिविधि चलाउँदा आलोक भनिने यानप्रसाद गौतमको रहस्यमय मृत्युको विषयलाई थामथुम पारिएकै हो ।

कुनैबेला प्रचण्डले डा. बाबुराम भट्टराईलाई निकै पेल । अहिले दुवैबीच मेलमिलाप छ ।

तर, पछिल्लो समय प्रचण्डले बादल देखि टोपबहादुर रायमाझीसम्मलाई तारोमा पारेका छन् । नेकपा विभाजन हुँदा दुवैले प्रचण्डलाई छाडेका थिए । यसलाई उनले गम्भीर रुपमा लिएका थिए ।

अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न लगाए ।

रायमाझी भैरहवाबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । रायमाझी नेकपा एमालेका सचिव तथा सांसद पनि हुन् । उनी विगतमा माओवादीमा थिए । एमाले फुट्दा रायमाझीले पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर ओलीलाई साथ दिएका थिए । कुनैबेला प्रचण्डका विश्वासिला रायमाझीलाई प्रचण्ड नै प्रधानमन्त्री हुँदा पक्राउ गरिनुलाई अर्थपूर्ण मानिएको छ ।

बादलका छोरा प्रतिक पनि कारबाहीको दायरामा ल्याइएका छन् । रायमाझीका छोरा सन्दीप पनि पक्राउ परिकेका छन् ।

गृहसचिव भइसकेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन् । मङ्गलवार चर्चित सुरक्षाविज्ञ इन्द्रजीत राई यही प्रकरणमा पक्राउ परेका थिए । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव रहिसकेका केशव दुलालका अलावा अन्य चार व्यक्ति समेत पक्राउ परिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ४० करोडभन्दा बढी ठगी गरेकोमा प्रहरीले अनुसन्धान तिव्र पारेको छ । तर, यो फाइल खोलिनुमा प्रचण्डको बादल र रायमाझीप्रतिको असन्तुष्टिले पनि काम गरेको छ । यसलाई पूर्वमाओवादी र वर्तमान माओवादीबीचको टकरावको रुपमा पनि लिइएको छ । यो टकरावले भविष्यमा थप घटनाक्रम विकास हुने देखिदैछ ।

प्रतिक्रिया