ट्रम्प आप्रवासीप्रति कठोर बन्दा…

एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गैरकानूनी आप्रवासीप्रति कठोर बनेका छन् । उनले गैरकानूनी रुपमा अमेरिका पसेकालाई पक्राउ गर्दै उनीहरुकै देश फर्काइदिएका छन् ।
ट्रम्पको कठोर नीतिले नेपालबाट गैरकानूनी रुपमा अमेरिका पसेकाहरु पनि प्रभावित बनेका छन् । एक करोडभन्दा बढी खर्चिएर अमेरिका पसेकाहरु समेत फर्काइएका छन् । अहिलेसम्म डेढ सय भन्दा बढी नेपाली डिपोर्ट गरी नेपाल ल्याइएका छन् ।
ट्रम्पले चिनियाँ कम्युनिस्ट पार्टीसँग आवद्ध चिनियाँ नागरिकको भीसा नै रद्द गर्ने निर्णय लिएपछि अर्को तरंग आएको छ । उनी कम्युनिस्ट र उदारवादीप्रति कठोर बन्दै गएका छन् ।
आप्रवासीप्रति ट्रम्पको कठोर नीतिले अमेरिकामा दंगा समेत हुन थालेको छ । आप्रवासीको विरोधले दंगा भड्किएको छ । तर, उनीहरुलाई धरपकड गर्न विशेष सुरक्षाफौज खटाइएको छ ।