२६ जेष्ठ २०८२, आइतबार | June 8, 2025

गैरकानूनी रुपमा प्रतिष्ठानको भवनमा एमाले कार्यालय


249
Shares

ललितपुर, २५ जेठ । देशमा अहिले नेकपा एमाले नेतृत्वको सरकार छ । प्रधानमन्त्री छन् एमाले अध्यक्ष केपी शर्मा ओली । तर, एमालेले आफ्नो केन्द्रीय कार्यालय गैरकानूनी तरिकाले प्रतिष्ठान भवनमा राख्दै आएको छ ।

एमाले कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा उसले कुनै सर्त र सम्झौता विपरित ८ वैशाख २०७९ देखि केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको हो । जबकि सरकारले जारी गरेको कार्यनीतिमा सरकारी जग्गा भोग गर्दै आएको कुनैपनि संस्थासँग सम्झौता लिजमा रुपान्तरण हुनुपर्ने, आवधिक शुल्क तिर्नुपर्ने अनिवार्य व्यवस्था छ । त्यसो नभए भोगचलन आउनुपर्ने भनिएको छ । तर, एमालेले त्यस्तो केही गरेको छैन ।

तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानलाई १० चैत्र २०५८ मा क्याबिनेटबाट पारित गरी च्यासलमा रहेको १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगाधिकारका लागि दिइएको थियो । त्यहाँ भारतीय राजदूतावासको सहयोगमा भव्य भवन पनि बन्यो । दुई वर्ष अघि एमालेले केन्द्रीय कार्यालय सञ्चालनमा ल्यायो । यो कार्य गैरकानूनी देखिएको छ ।

एमालेले केन्द्रीय कार्यालय भवन बल्खु नजिकै किर्तिपुर नगरपालिकामा बनाउन व्यवसायी मीनबहादुर गुरुङसँग चन्दा लिएको छ । जग्गा र भवन निर्माणमा समेत चन्दा दिए गुरुङले । यो विषय अदालतमा पुगेर एमालेको पक्षमा फैसला आयो ।

ललिता निवास प्रकरणमा अदालतले दोषी ठहर गरेका मीनबहादुरले चन्दा दिएपछि यो प्रकरणका कतिपय विषय सेलाएको छ । यसमा स्वार्थको सिद्धान्त प्रेरित देखिन्छ ।-File Photo

प्रतिक्रिया