३ कार्तिक २०८१, शनिबार | October 20, 2024

कांग्रेसका नवनियुक्त मन्त्रीहरुले आज शपथ लिने


0
Shares

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसको तर्फबाट बुधबार नियुक्त भएका मन्त्रीहरुले आज शपथ लिंदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नेपाली कांग्रेसका ३ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसबाट धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामला, मोहन बस्नेत स्वाथ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथाा खेलकुद मन्त्रीमा नियुक्त भएका हुन् ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन् ।

प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको आठौं पटक हो । कांग्रेसले आफ्नो भागमा परेको ८ मन्त्रालय मध्ये यसअघि ५ जनालाई मन्त्री बनाइसकेको छ ।

Photo : Seteman Tamang

प्रतिक्रिया