१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

न्यायको नाममा अन्याय, राजनीतिक भागबन्डाले पंगु न्यायपालिका


2.6k
Shares

काठमाडौं, २० जेठ। सात सालदेखि अहिलेसम्म नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भए पनि त्यो परिवर्तनले न्यायालय सुधारमा उल्लेख्य योगदान पु¥याउन सकेन । बरु, न्यायालयमा राजनीतिक हस्तक्षेप र न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डाले न्यायालय कमजोर बन्दै गएको छ । यसका धेरै उदाहरण स्वयं न्यायालयले बेलाबखत गरेका फैसला साक्षी छन् । हुँदाहुँदा नेकपा विभाजनमा समेत न्यायालय मुछियो ।

न्यायालयले फरकफरक मितिमा गरेका विभिन्न फैसलाका कारण जनतामा न्यायालयप्रति अविश्वास बढ्दै गएको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले गम्भीर फौजदारी मुद्दा लागेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई प्रमाण नपुगेको ठहरसहित सफाइ दिएपछि न्यायालयप्रति अविश्वासको मात्रा बढेको छ । तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ दिने न्यायाधीश र आलमलाई सफाइ दिने न्यायाधीश एकै परेका छन् ।

जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैद फैसला गरेको १३ महिनापछि उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले उक्त फैसला उल्टाउँदै सफाइ दिएको हो । फैसला सुनाउने न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई तत्काल निलम्बन गर्न एवं न्यायपरिषद् सचिवालय ऐनबमोजिम अन्य विभागीय कारबाही गर्न माग गर्दै न्याय परिषद्मा उजुरीसमेत परेको छ ।

न्यायाधीशद्धय थारु र महर्जनमाथि तत्काल छानबिन गरी उनीहरूलाई कानुनी कारबाही गर्नुपर्छ । जिल्ला अदालत रौतहटले गरेको आदेशको प्रमाणित प्रतिलिपि, मुद्दाका सम्पूर्ण मिसिल र वीरगन्ज इजलासले गरेको आदेशको प्रमाणित प्रतिलिपि, मुद्दाका सम्पूर्ण मिसिलसमेत न्यायपरिषदमा झिकाई दुवै तहका अदालतले गरेको आदेश, मिसिलसमेतको विस्तृत अध्ययन गरी न्यायिक परीक्षण गर्नुपर्छ । न्यायालयको साख बचाउन यी दुवै न्यायाधीशले यसअघि गरेका अन्य फैसला र आदेशहरूको समेत समीक्षा हुनुपर्छ ।

न्यायाधीशहरू थारु र महर्जनको संयुक्त इजलासले गत साता आलमसहित चार जनालाई रौतहट जिल्ला अदालतले तोकेको जन्मकैदको फैसला उल्टाउँदै सफाइ दिने आदेश दिएको थियो । उच्च अदालतले आलमको घरमा २०६४ चैत २७ गते बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको ठहर गरेपछि उनी नख्खुस्थित जेलबाट बाहिर आएका छन् ।

आलमलाई सफाइ दिएपछि गच्छदारलाई पनि सफाइ दिने न्यायाधीश एकै भएको खुलेको छ । पटक पटक मन्त्री बन्ने र विजयको रेकर्ड बनाउँदै आएका गच्छदारले झेलिरहेको एउटा भ्रष्टाचार तनावको अन्त्य न्यायालयले गरिदिएको थियो । उनको तनावको मुख्य मुद्दा थियो ‘ललितानिवास जग्गा घोटाला प्रकरण ।’ उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लगाएको थियो ।

२०७९ साल मङ्सिर ४ मा भएको निर्वाचन उनी पराजित बन्नुको एउटा कारण सोही मुद्दा पनि हो । चुनाव अघि उनले चुनावी भाषणमा भक्कानिँदै भन्ने गरेका थिए, ‘मलाई जनताले पनि न्याय दिनुपर्छ ।’ तर, जनताले उनलाई दण्डित गरेर चुनाव हराइदिए ।

उता, अदालतले भने गच्छदारलाई चुनाव सकिएको १५ महिनापछि सफाइ दिएको थियो । विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारलाई सफाइ दिएको थियो ।

न्यायाधीश हुनुअघि थारू हालका गृहमन्त्री रमेश लेखकका ल फर्म पार्टनर रहेका थिए । उनी कांग्रेसकै कोटामा न्यायाधीश नियुक्त भएका हुन् । अर्का अर्जुन महर्जन भने माओवादीको कोटामा न्यायाधीश नियुक्त भएका थिए ।

यी दुई घटनाको फैसला संयोग मात्र होइन, यस्ता दर्जनौँ घटनाको फैसलाले न्यायालयप्रति जनतामा अविश्वास सिर्जना गर्दै लगेको छ । अदालतका आदेशले कहिलेकाहीँ विकास निर्माणसमेत प्रभावित हुन थालेका घटनाहरू पनि छ । यद्यपि विकास निर्माणको विषय भन्दा अपराध र भ्रष्टाचारजन्य गतिविधिलाई प्रश्रय दिने किसिमका फैसला र आदेशप्रति जनताले सधैँ प्रश्न उठाउँदै आएका छन् ।

धर्मगुरुका रूपमा चिनिएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिँदा उच्च अदालत विराटनगरले ‘विशेषज्ञ’ को अपव्याख्या गरेको थियो । त्रिदण्डधारक सन्न्यासीका रूपमा चिनाउने कृष्णबहादुर गिरी आफूले आगो र स्त्रीलाई छुनसमेत नमिल्ने बताउँथे ।

धर्मगुरूका रूपमा अनुयायीमाझ गिरीको छवि र विश्वास यही थियो । तर २०७६ सालमा सुनसरीको चतरास्थित आश्रममा २९ वर्षीया भक्तजनलाई जबरजस्ती करणी गरेको अभियोग लाग्यो ।

उनले प्रहरी कार्यालयदेखि अदालतसम्म आफू ‘स्त्री र आगो’ बाट टाढै रहेको बयान दोहो¥याइरहे । हिन्दू परम्परामा ‘त्रिदण्ड’ को उच्च महत्त्व र गरिमा छ । यही मान्यताका आधारमा आफूले स्त्रीलाई छुनै नमिल्ने भएकाले जबरजस्ती करणी गरेको प्रश्नै नउठ्ने भन्दै गिरीले प्रतिरक्षा गरेका थिए ।

‘सिद्धबाबा’, ‘रामकृष्णाचार्य’ र ‘श्री वैष्णव कृष्णदास’ नामले समेत चिनिने गिरीले आफूविरुद्ध झूटा आरोप लगाइएको तर्क गरेका

प्रतिक्रिया