८ असार २०८२, आइतबार | June 22, 2025

भारतमा माओवादीविरुद्ध मोदी सरकार कठोर बन्दा हिंसा अन्तको नजिक


1.2k
Shares

एजेन्सी, १४ जेठ । भारतमा नक्सलाइट भनिने माओवादी हिंसाको इतिहास लामो छ । नरेन्द्र मोदी भन्दा अगाडिका प्रधानमन्त्री डा. मनमोहन सिंहले यसलाई भारतको आन्तरिक सुरक्षा खतरा भनेका थिए । मोदी त माओवादीप्रति कठोर बने ।

भारतका गृहमन्त्री अमित शाहले माओवादी हिंसा २०२६ भित्र अन्त गर्ने योजना नै सार्वजनिक गरे । उनीहरुलाई या आत्मसमर्पण या सकिन तयार रहनुपर्ने गरी रणनीति बनाए । गत हप्तामात्र माओवादी महासचिव वसभराजु भनिने नम्बला केशव राव मारिए । तीन दशक लामो माओवादी हिंसाका क्रममा यसलाई अहिलेसम्मकै ठूलो सफलताका रुपमा गृहमन्त्री साहले लिए ।

नक्सलाइट भनिने माओवादीको आधार केन्द्र छत्तीसगढमा भएको घटनामा २६ जना मारिएका थिए । १९६७ मा पश्चिम बँगालको नक्शलबारी गाउँबाट सुरु भएको हिंसात्मक माओवादी गतिविधि छत्तीसगढ, झारखण्ड हुँदै महाराष्ट्रसम्म फैलियो । २००० यता १२ हजार मान्छे माओवादी हिंसाका क्रममा मारिइसकेका छन् । तर, पछिल्लो समय मोदी सरकारले कठोर नीति लियो माओवादीविरुद्ध ।

छत्तीसगढमा माओवादीको भएको क्षतिले उनीहरुले चलाएको हिंसामा ठूलो झड्का लागेको छ । अबको एक वर्षभित्र माओवादी हिंसा समाप्त पार्ने भारत सरकारको लक्ष्यमा यसलाई सफलता मानिएको छ ।

भारतमा पश्चिम बँगालमा कम्युनिस्टहरु कमजोर भएका छन् अहिले । कुनैबेला बँगालमा सरकार बनाएको कम्युनिस्टहरु अहिले केही सिट जित्न संघर्ष गर्न थालेका छन् । लोकसभामा त उनीहरु बँगालबाट सुन्यको स्थितिमा पुगेका छन् । यसले पनि कम्युनिस्टहरुको गतिविधिमा धक्का लागेको छ ।

भारतले तिव्र आर्थिक वृद्धि हासिल गर्नु, गरिबी घट्नु, सामाजिक विभेद हट्दै जानुले माओवादीले तल्लो तहका जनतालाई प्रभावित बनाउन नसक्ने भएका छन् विस्तारै । यसको असर माओवादी हिंसामा परेको छ । अर्कोतर्फ, मोदी सरकार उनीहरुविरुद्ध कठोर बनेकाले पनि माओवादी अर्थात् नक्सलाइटहरु अबको एक वर्षभित्र नामेट हुने अवस्था विकास भएको छ ।

 

प्रतिक्रिया