१५ जेष्ठ २०८२, बुधबार | May 29, 2025

ओली सरकारमा संगठित रुपमै भ्रष्टाचार


415
Shares

काठमाडौं, १३ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकार संगठित रुपमै भ्रष्टाचारमा डुबेको छ । भिजिट भीसामा विदेश पठाउँदा व्यक्तिपिच्छे असुलीमा संगठित गिरोह नै संलग्न रहेको खुलेको छ । त्यस्ता समूहमा सरकारमा रहेका दलनिकट कर्मचारीहरु नै खटिएको पाइएको छ ।

ओली सरकारले नीतिगत भ्रष्टाचारमा रेकर्ड तोडेको छ । मन्त्रिपरिषदको निर्णयमा अख्तियार नलाग्ने भएकाले निर्णय त्यहाँ लगेर गर्न थालिएको छ । यसले नीतिगत भ्रष्टाचार बढाएको छ ।

नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, लगानी बोर्ड, धीतोपत्र बोर्ड देखि गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेलको विषय बाहिर आयो । त्यस्ता नियुक्तिमा भएका आर्थिक खेलको विषयले सरकार बदनाम भएको छ ।

कर्मचारी सरुवा र बढुवामा पनि भ्रष्टाचार भइरहेको खुलिरहेका छन् । यो संगठित रुपमै भइरहेको छ ।

सहकारी ठगीको विषयलाई सामसुम पार्न अनेकन रणनीति बुनिएको छ । सर्वसाधारणको खरबौं रकम डुब्दा सरकार समस्या समाधानमा जिम्मेवार देखिएको छैन । यसले देशमा अराजकता र अस्थिरता बढाउन मद्दत पुग्ने देखिएको छ ।

प्रतिक्रिया