१५ जेष्ठ २०८२, बुधबार | May 29, 2025

मोदीयुगमा भारतको आर्थिक छलाङ, जापानलाई उछिन्यो जर्मनीलाई उछिन्दै


996
Shares

एजेन्सी, १२ जेठ । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेका थिए सन् २०१४ मा । त्यतिबेला भारत विश्वको दशौं धनी देश थियो । मोदीयुगमा भारतले आर्थिक छलाङ मार्दै गयो । २०२४ मा भारत विश्वको पाँचौं धनी देश बन्यो । उसको अर्थतन्त्र १० वर्षमा दोब्बर बन्यो ।

२०२५ मा भारत विश्वको चौंथो धनी देश बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक उल्लेख गर्दै भारतको नीति आयोगका कार्यकारी निर्देशक बी सब्रमण्यमले यसको जानकारी दिए । उनले भारतको अर्थतन्त्र ४ ट्रिलियन डलर बनेको बताए ।

भारतले अबको तीनवर्ष अगावै जर्मनीलाई उछिन्ने आँकलन गरिएको छ । तिव्र आर्थिक वृद्धि गरिरहेको भारतले महत्वाकांक्षी योजनाहरु अगाडि सारेको छ । लगानी भित्राइरहेको छ । भारत ऊर्जामा आत्मनिर्भर बन्ने गरी लागिपरेको छ ।

अहिले विश्वको धनी देशमा पहिलोमा अमेरिका, दोस्रोमा चीन र तेस्रोमा जर्मनी छन् ।

प्रतिक्रिया