१० जेष्ठ २०८२, शुक्रबार | May 24, 2025

विमानको नाकमा प्वाल परेपछि इन्डिगोले पाकिस्तानको आकाश माग्दा…


5.5k
Shares

एजेन्सी, ९ जेठ । भारत र पाकिस्तानबीचको द्वन्द्व यतिसम्म छ भन्ने बुधबारको एउटा घटनाले छर्लंग पार्छ । भारतको इन्डिगो कम्पनीको विमान अमृतसरको आकाशमा उडिरहँदा प्रतिकूल मौसमका कारण समस्यामा पर्यो ।

विमान असिना पानीसहित टर्बुलेन्समा पर्दा आकस्मिक अवतरण गर्नुपर्ने भयो । पाकिस्तानको आकाशमा लगेर आकस्मिक अवतरण गर्न सकिने श्रीनगरतर्फ बढाउन खोज्यो । विमानले पाकिस्तानी आकाशमा केही समय उड्न अनुमति माग्यो । तर, पाकिस्तानले दिएन ।

विमानमा २२७ यात्रु थिए । विमानको नाकमा प्वाल परिसकेको थियो । यात्रु आत्तिएका थिए । बेला बेलामा झट्का लाग्यो ।

दिल्लीबाट श्रीनगरतर्फको बुधबारको उडानमा असिनापानी र आँधीसहितको टर्बुलेन्सबाट विमानलाई जोगाउन पाइलटले अत्याधिक गतिमा विमानलाई हुइकाएर श्रीनगरमा अवतरण गरेका थिए ।

प्रतिक्रिया