९ जेष्ठ २०८२, बिहिबार | May 23, 2025

पाकिस्तानको आइएसआईका लागि काम गरेको आरोपमा नेपाली नागरिक अन्सारी दिल्लीमा पक्राउ


1.7k
Shares

एजेन्सी, ८ जेठ । भारतको नयाँ दिल्लीमा एकजना नेपाली नागरिक पक्राऊ परेका छन् । पक्राऊ परेका नेपाली नागरिक अन्सरुल मिया अन्सारी पाकिस्तानी गुप्तचर संस्था आइएसआइसँग जोडिएर काम गरिरहेको आरोप छ ।

समाचार एजेन्सी एएनआइका अनुसार बिहिबार दिल्ली प्रहरीले प्रतिजासुसी कारबाहीमा महत्वपूर्ण सफलता हासिल गर्ने क्रममा आइएसआईले संचालन गरेको स्लिपर सेलको जालो तोडेको जनाएको छ । त्यस क्रममा थप दुईजना पक्राऊ परेका छन् ।

पक्राउ परेकामा एकजना झारखण्डका नागरिक अखलख आजम भएको र अर्का नेपाली भएको उल्लेख छ । उनीहरुबाट भारतको सुरक्षा फौजबारे विवरणहरु संकलन गरिएको पाइएको छ । अजमले अन्सारीको दिल्लीमा हुने सक्रियतामा सहयोगी भूमिका निभाएको उल्लेख छ । नेपाली नागरिक अन्सारी पाकिस्तानीसँग नियमित सम्पर्कमा हुनेगर्दथे ।

अन्सारी ट्याक्सी चालकका रुपमा कतारमा काम गर्दथे । त्यहाँबाट आइएसआईको सम्पर्कमा पुगेर पाकिस्तान पुगी तालिम समेत लिएर आएको समाचार एजेन्सीले उल्लेख गरेको छ । उनी त्यसपछि नेपाल हुँदै दिल्ली प्रवेश गरी सक्रिय थिए ।

प्रतिक्रिया