ट्रम्प-पुटिन दुई घन्टा वार्ता, युक्रेन युद्ध अन्त होला ?

एजेन्सी, ६ जेठ । युक्रेन युद्ध अन्त गर्न पहलकदमी बढेको छ । यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।
दुई घन्टाको वार्ता युक्रेन युद्धमा केन्द्रित रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । वार्तामा युद्धविराम र युद्ध अन्तको उपायबारे छलफल भएको उल्लेख छ ।
पुटिनले वार्तालाई रचनात्मक भनेका छन् । यो वार्तापछि युक्रेनसँग रुसको अर्को वार्ताको सम्भावना औल्याइएको छ ।
तीन वर्षदेखि चलिरहेको युक्रेन युद्धमा दशौं हजारको ज्यान गइसकेको छ । दुवै देशले क्षति भोगेका छन् । विशेषगरी युक्रेनले धेरै क्षति भोगेको छ ।
युक्रेनलाई यूरोपेली देशहरुको साथ छ । उसले विगतमा अमेरिकाको पनि साथ पाएको थियो । रुसलाई उत्तर कोरियाले खुलेर साथ दिएको छ ।