सुनको मूल्यमा उतारचढाव

काठमाडौं, ३१ जेठ । सुनको मूल्यमा उतारचढाव भइरहेको छ । कहिले ह्वात्तै बढ्ने त कहिले घट्ने भएको हो । विश्व बजारमा राजनीतिक घटनाक्रमले सुनको मूल्यमा असर गरिरहेको हो ।
युक्रेन युद्ध, भारत र पाकिस्तानबीचको द्वन्द्वलगायतका घटनाले पनि मूल्यमा असर गरिरहेको हो । यसै हप्ता सुनको मूल्य प्रतितोला एकैपटक ३ हजारले घटेको थियो । फेरि बुधबार ७०० ले बढेको छ ।
सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम छ । मंगलबार १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम थियो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँ पुगेकोमा १० रुपैयाँ घटेर १ हजार ९६० कायम भएको छ ।