२७ बैशाख २०८२, शनिबार | May 11, 2025

भारत-पाकिस्तान युद्धविराम


1.8k
Shares

एजेन्सी, २७ वैशाख । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देश युद्ध रोक्न सहमत भएका हुन् ।

भारतका विदेशसचिव विक्रम मिश्रीले युद्धविराम भएको जानकारी दिएका हुन् । पाकिस्तानी सैन्य अपरेशनका महानिर्देशकले भारतीय महानिर्देशकलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गरेपछि युद्धविराम भएको उनले बताएका छन् ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा अखडा बनाएर बसेका आतंककारीमाथि हमला सुरु गरेको थियो । बुधबारबाट सुरु भएको आक्रमण युद्धविरामसँगै स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया