२७ बैशाख २०८२, शनिबार | May 11, 2025

भारत-पाकिस्तान युद्धमा धमाधम कित्ताकाट, कुन देशको समर्थन कस्लाई


3.4k
Shares

एजेन्सी, २७ वैशाख । भारत र पाकिस्तानको बीचमा धमाधम कित्ताकाट हुन थालेको छ । भारतले आतंकवादीविरुद्ध हमला गर्नु उसको अधिकार भन्दै इजरायलले खुलेर समर्थन गरेको छ ।

नेपालले पनि आतंकवादविरुद्धको लडाईँमा सधै समर्थन गर्ने भनेको छ । नेपाली युवक सुदीप न्यौपाने पनि आतंकवादी हमलामा मारिएको कारण नेपालभित्र ठूलो आक्रोश छ ।

आतंकवादविरुद्ध ऐक्यवद्धता जनाएपनि भारत र पाकिस्तान दुवैलाई संयमित हुन अमेरिका, बेलायत जस्ता पश्चिमा देशले आव्हान गरेका छन् । चीनले पाकिस्तानमाथि भारतको हमलाको विरोध गरेको छ र दुवै देशलाई संयमित हुन भनेको छ । रुसले आतंकवादको विरोध गरेपनि संयमित हुन भनेको छ ।

पाकिस्तानलाई खुलेर समर्थन गर्नेमा इस्लाम देशहरु टर्की र अजरवैजान देखिएका छन् । टर्कीको हतियार नै पाकिस्तानले युद्धमा प्रयोग गरेको छ । विश्वका ५० मुस्लिम देशमध्ये अहिलेसम्म दुईवटा मात्र पाकिस्तानको पक्षमा उभिएका छन् ।

प्रतिक्रिया