२७ बैशाख २०८२, शनिबार | May 10, 2025

पाकिस्तानी सैन्य अड्डामा भारतको भीषण आक्रमण


1.6k
Shares

एजेन्सी, २७ वैशाख । भारतले पाकिस्तानको सैन्य अड्डामा भीषण आक्रमण गरेको छ । लडाकु विमान र अत्याधुनिक हतियारले सटिक प्रहार गरेको भारतले जनाएको छ ।

शनिबार अपरेशन सिन्दूरबारे जानकारी दिदै कर्णेल सोफिया कुरेसीले रफिकी, मुरिद, चकलाला, रहिमयार खान, सुक्कुर र चुनियास्थित पाकिस्तानी सैन्य अड्डामा लडाकु विमानसहितबाट आक्रमण गरिएको हो । भारतको निशानामा राडार साइट र हवाई आधार केन्दै पनि परेको कुरेसीले जानकारी दिइन् ।

पाकिस्तानले भारतको सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमणको प्रयास गरेपछि भारतले जवाफी आक्रमण गरिएको जानकारी दिइएको छ ।

अपरेशन सिन्दूरमा भारतले पाकिस्तानमाथि भीषण मिसाइल हमला गर्दै आएको छ । भारतले आतंकवादीलाई लक्षित गरी आक्रमण गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया