नेपाललाई आतंकवादको पीडा दिने अजर

काठमाडौं, २५ वैशाख । यी हुन् मौलाना मसुद अजर । हिन्दूविरुद्ध आक्रामक अभिव्यक्ति र कदमका कारण यीनी चर्चित छन् । पाकिस्तानले फरारको सूचीमा राखेको अजर पाकिस्तानबाट पालित पोषित छन् । उनी पाकिस्तानी भूमिबाट हिन्दू र भारतलाई चुनौती दिन्छन् ।
पहलगाममा नेपाली युवक सुदीप न्यौपाने र २५ भारतीय हिन्दू तीर्थयात्रीको आतंकवादी हमलाबाट हत्या गरेपछि अजरले चर्को स्वरमा चेतावनी दिएका थिए हिन्दूलाई । उनले नेपाललाई पनि निकै दुःख दिएको इतिहास छ ।
हाल जैसे ई मोहम्मद नामक आतंकवादी संगठनको नेतृत्व गरिरहेका अजरलाई भारतको जेलबाट रिहा गराउन सन् १९९९ मा एयर इन्डियाको यात्रुवाहक विमान काठमाडौंबाट अपहरणमा परेको थियो । उक्त घटनामा विमानका यात्रु पनि मारिए । अपहरणकारीले अजरलगायत भारतको जेलमा रहेका आतंकवादीलाई नछाडेसम्म विमान नछाड्ने चेतावनी दिए ।
विमान अमृतसरबाट पाकिस्तानको हवाई मार्गबाट अफगानिस्तानको कान्दाहार पुग्यो । भारतले यात्रुको जीवनरक्षाका लागि अजरलगायतलाई रिहा मात्र गरेन ठूलो धनराशी पनि दियो । अजरलाई तालिवान शासित अफगानिस्तानको कान्दाहारमा लगेर रिहा गर्न वाध्य भयो । मुस्लिम अतिवादी तालिवान र पाकिस्तानले समेत अजरको रिहाईका लागि भित्री खेल खेले । अहिले अजर पाकिस्तानमा छन् ।
नेपालबाट विमान अपहरणमा परेपछि आतंकवादीहरुले चलखेल गरिरहेको विषय आयो । नेपाली भूमि भारतविरुद्ध प्रयोग गर्ने समूह सक्रिय भएको विषय निस्कियो । भारतले सुरक्षा चासो राख्यो । नेपालको सुरक्षामा खतरा पार्ने कदम चाल्ने पाकिस्तान केन्द्रित आतंकवादी समूहका कारण नेपालले ठूलो मूल्य चुकाउनुपर्यो ।